उसलाई एकै पटक तीनतिर चिलाउछ , हत्केलाको माथिल्लो भागमा, निधार अनि टाउकोको पछाडी भागमा। झ्याउरे पाराको सुरुवाल अनि गन्जीको भेषमा उसको अगाडीपट्टि ल्यापटप ऐना बनेर बसिरहेको छ भने उसको एउटा हाथमा मोबाइल एकनाशले चलिरहीको छ, अनि तिनवोतै भागमा मज्जाले चिलाउदै आनन्द लिन्छ र कपाललाई मज्जाले मसार्छ र आफैमा मुसुक्क हास्छ। रमाइलो पाराले नेपाली तरिकाले सजिएको एउटा बैठक कोठा अनि टिभी मा आफैले खेलेको म्युजिक भिडियोको गीत एकनाशले बजिरहीको हुन्छ भने कता कता बाहिरबाट गाडी गुडिरहेको आवाज मसिनो पाराले बैठक कोठासम्म बर्सिरहेको हुन्छ। चियाको चुस्की लिदै ल्यापटपको माध्यमद्वारा गीतलाई बेला बेला दोहोर्याउदै हेर्छ र मोडेललाइ कल्पना गर्दै लामो स्वाश फेर्दछ भने बेला बेलामा दुइ नयन र औलालाई मोबिलको स्क्रिन्मा ब्यस्त समेत पार्दछ। अनौठो पाराले दुइ औलाले स्क्रिन्लाइ जूम गर्दै जोशिलो तरिकाले फेसबुकमा प्रोफाइललै नियालिरहेको हुन्छ र दार्हा काट्दै यो त हुदैन भन्दै टाउको हल्लाउछ। जिउ उसको भित्र भित्रै सक सकाइरहेको हुन्छ, अनि एक्कास्सी जुरुक्क उठेर शौचालयतिर लाग्छ अनि बाहिर निस्कन मोबाइल खेलाउदै भान्छाकोठा तिर लाग्छ र एक गिलास पानि मज्जाले पिउछ। दुइ चार पाइला एताउता गरेपछि, फर्केर फेरि तेही सोफामा थचक्क बस्दछ, दुइ ओटा खुट्टा सानो टेबलमाथि र काखमा ल्यापटप।

यतिकैमा उसको मोबाइलमा घन्टी बज्छ। उठाउ कि न उठाउ गर्दै मनलाई गरुङ्गो पर्दै फोनलै ग्रहण गर्दछ।

बुढी: वावा फोन किन ढिला उठाको, अनि कहाँ छौ, के गर्दै छौ?

बुढो: वाथरुम गाको थिए त्यसैले फोन उठाउन ढिला भाको, अनि येत्तिकै वसिरा चिया पिउदै

बुढी: ल ल ठिकै छ, धेरै अल्छी भएर नवस, अलि घर पनि सरसफाई पनि गर्ने गर, धेरै फेसबुकमा व्यस्त हुने होइन

(मनमनै: वानी थाहा नवाको होर,फेला मात्र पारुन अनि जानेको छु मैले)

ल ल ठिक छ, पछि कुरो गरौला, वाई

बुढो: ल ल वाई

उसको दुइ नयनले  मोबिलको स्क्रिनमा फेसबुकमा मज्जाले केटीहरुको प्रोफाइल आवलोकन गरिरहेको हुन्छ र हरेक फोटोहरुलाई विस्तृत तरिकाले निकै नियालेर अध्यन गर्दछ जो अस्ट्रेलियामा वसोवास गर्दछन।

 विवाहित हुन् या अविवाहित उसलाई रत्तिभर पनि फरक पार्दैन, मात्र हेर्दा राम्री र आकर्षण जिउडालका भए पुग्छ र अलि मन छुने खाल्कालाई साथि बन्नको लागि आग्रह गर्दछ अनि प्रतिक्ष्ह्याको पर्खाइमा रहन्छ।

येतिले मात्र उसको चित्त कहाँ बुज्छ र नेपाली कम्युनिटी फेसबुक समूहमा सिद्ध छिरेर केटीहरुलाई निशाना बनाउदै साथी बन्नको लागि आग्रह गर्दछ। कम्युनिटी समूह जहाँ बर्सौदेखी व्रिस्वेन शहरमा बसोबास गरेकदेखी लिएर भर्खरै व्रिस्वेन शहरमा प्रवेश गरेकाहरु हुन्, काम खोज्ने देखि लिएर कोठा खोज्नको लागि या सरसामान बेचबिखनको लागि बिज्ञापन हाल्ने गर्दछन। येसरी नियाल्दै जादा,मन सक सकाउदो अवस्थामा उसमा एउटा विचारले अचानक हमला गर्छ र मनलाई थाम्नै नसकी आफुले काम गर्ने अफिसमा फोन लगाइहाल्छ।

फोनको जाने अवाज एकनासले गैरहेको हुन्छ र केहि वेरमा फोन उठ्छ पनि।

अफिस : हेल्लो, कूमजी एडुकेशन, को बोल्नु भाको होला, भन्नुस क सहयोग गर्न सक्छु?

केटा: दाजु, ,म बोलेको चरन, कस्तो नचिनेको

अफिस: मोबाइलमा फोन गरेको भए चिन्नु त, अफिस को नम्बरमा फोन गर्छौ अनि । ल ठिक छ भन के बिपत्ति आइपर्यो त अचानक अफिसकै नम्बर मा फोन गरेउ त

केटा: विपत्ति होइन दाजु, एउटा विचार चाई आइलाग्यो तेसैले कल गरेको नि, यूत्ला प्लान सोचेको छु वरु हजुरलाई पो कस्तो लाग्ने हो कुन्नि।

अफिस: कस्तो प्लान हो त, ल भन त हेरौन

केटा: अनलाइन फोटोजेनिक कन्टेस्ट गर्नेकि भनेर सोचेको दाजु, फेसबुक मार्फत ठिक्कको उपहार राखेर, पछि म्युसिक भिडिओमा पनि अफर गर्छु भन्ने नि दाजु। येसो फेसबुक प्रोफाइलमा हेरेको गजब गजबक आकर्षक युवतिहरुपो छन् त्। कोहि कोहि त येसो मोडलिङ्गमा काम गरिसकेका पनि रहेछन। धेरै जसो त् मेरो फेसबुकमा साथि सम्म बनिसकेका छन् र मैले हजुरलाई पनि साथि बनाउन सजेस्ट गरेको छु।

वेलिविस्तार सुन्न वित्तिकै अफिस प्रबन्धकको मन पनि सिरिङ्ग हुन्छ। नहोस पनि कसरि, पटक पटका गर्लफ्रेन्डको ब्रेकअप भन्ने शब्दले उसलाई एक्लो हुन बाध्य बनाउछ। वाध्यता त् नभनौ, एस्तो हर्कतले चै हो भन्न सुहाउछ।

र ठटइ ठट्टामा भन्छ

अफिस: भै धेरै केटीहरुको प्रोफाइल हेर्ने कम नगर, तिम्रो बुढीले थाहा पाएपछि मर्ला नि फेरी, ख्याल गर है

तर उ भित्र भित्रै खुसीले गद्गद् भैरहेको हुन्छ र भन्छ, ठिकै छ नि त मा नि विचार गरुलानी अनि विस्तृतमा प्लान गरौला संगै बसेर

केटा: हस दाजु, मा हजुरलाई केहि प्रोफैल्हारुको लिंक पठाउला, येसो हजुरले नि हेर्नुहोला है

अफिस: ए ए हुन्छा, म हेरुला

दुवैजना आ आफ्नो ठाउमा मख्ख पर्दै खुशीले गद्गद् हुन्छन र आफैमा दंग पर्छन पनि, अनि आ आफ्नै  दुनियाको सपनामा रमाउछन

केटा: यो विचमा केटाले केहि प्रोफाइल लिंकहरु मेसेज बक्समा पठाउन थाल्छ।

अफिस: यता अफिसको कम्पुटरमा मेसेज बक्सले अवाज दिन थाल्छ र उ प्रोफाइल खोलेर फोटोहरु हेर्दै मुसुक्क हस्छ अनि लामो स्वास फेर्दै फोटोजेनिक कन्टेस्ट बनाउने कुरामा सहमति हुन्छ, र केहि वेरमा फोन गरेर केटालाई अफिस तिरै आउन आग्रह गर्छ।

अह भाइ  बरु मौका मिलेको बेला यता अफिस्तिरै आउन अनि सल्लाह गरौला, हुदैन?

उ एकातिर कता कता भित्र भित्रै आफैमा डराइरहेको हुन्छा र सोच्छ कतै फेजुलमा खर्च मात्रै पो हुने हो कि, आफैमा शंकास्पद हुन्छ र दोधारलाइ पन्छ्याउदै अगाडी वढ्ने योजना गर्दछ, सायद येति बेला उसलाई  वितेका पल्हारुले झटारो हानेको थियो र वारम्वार उसमा डर पैदा हुदै थियो।

केटा: फुरुङ्ग हुदै आज त होइन दाजु, मा भोलि तिर अफिसतिरै औला मज्जाले गफ गरौला नि।

दुवैजनाले फोन राख्छन र थकाइ मार्छन

यो अन्तरालमा दुवैजना आ-आफ्नै दुनियामा  पुग्छन र अनेकौ कल्पना गर्न थाल्छन,फोटो कन्टेस्ट गरेपछि केटिहरुको नजिक हुन पाइने, सबैले चिन्ने, ठुलो मान्छे को महसुस गरिने र मुख्यतया मौका मिलेसम्म कहिलेकाही घुमघाम नि गर्न मिल्ने साथसाथै म्युसिक भिडिओको अफरमा लोभ्याउन नि मिल्ने अनि लामो समयेसंम सम्पर्कमा रहन पाइने।

तेसैगरी उनीहरुले कलाकारितामा हात हालेका केहि साथीहरुलाई नि योजनामा सामेल गर्ने विचार गर्छन ताकि अगाडी वढ्न मद्दत पुगोस।  यसै विचमा केटाले  एउटा आफ्नो लोक गायक साथी संग नि विचार साटछ तर उसले अप्रत्यक्छे रुपमा मात्र साथ् दिने प्रस्ताव रक्छ र एकदिन भेट्ने कुरामा टुन्गीछन । येसरी भेट्ने क्रममा सांझा सात बजेतिर टुप्लुक्क आइपुग्छन र मोडेल चरनसंग हल्का परिचय हुन्छ, मात्र एउटा औपचारिकता। भलाकुसारी हुदै जादा चिया पिउने विचार व्यक्त हुन्छ र चिया पिउदै जादा अनेकौ गफगाफ हुन्छन र अचानक फोटोजेनिक कन्टेस्टको कुरो उठ्छ ।

केटा १ (लोकगायक): ए त्यो फोटो कन्टेस्ट को कुरो। त्यो त् उहाहरुले नै आयोजना गरेको हो, र उहा आफैमा एक मोडेल पनि हो नि म्युजिक भिडिओको, उहाले त पुरै अस्ट्रेलिया नै खाइसकेको मान्छे हो नि । येति भन्दा केटि सुपरस्टार या ओस्कार अवार्ड भन्दि नि माथि पुगेर मख् पर्छ।

ए ए , कुन गीत रैछ, यूट्युव मा होला नि होइन, हेर्नु पर्ला

केटा १: छ नि, खै तपाइको ल्यापटप दिनुस त मा खोलि हाल्छु नि भनेर गीत खोलि हाल्यो

गीत पनि  हेरियो मज्जाले, र फेरि भलाकुसारी चल्दै गयो,

यता आफुलाई भने फोटो कन्टेस्ट गर्नुको मुख्य कारण क होला भनेर उत्सुक र खुल्दुली थियो। वाटोको छेउमा एउटा पुरानो ढाचाको घर, घर तर डेरा भनौ, अनि एउटा माहोल अनि हामि ४ र अरु भेटघाट गर्न आको गरेर हामी ७ जनाको समूह । गफगाफ आफ्नै धुनमा चलिरहेको छ, सबैको आ-आफ्नै जोड छ, वल छ गफमा।

येतिकैमा चिया आइपुग्च्छ, सवैले चिया लिन्छन, र चुस्की लाउन थाल्छन, चिया पिउदै जादा एउटीले शब्दको झातारू हानिहलिन, झातार्रो हेर्दा मैले सोध्न खोजेको प्रश्न संग मिल्न गयो र आफैमा चुप रहे

केटि: अनि फोटो हेरेर मात्र कसरि चाही फोटोजेनिक चयन गर्नु हुन्छ त, फोटोमा कुनै विवरण नै छैन, अनि मोडलिङ्ग या फोटोजेनिक कन्टेस्ट मा हुनुपर्ने कुनै विशेषता या शर्तहरु नि रखिएको छैन, कुन आधारमा हजुरहरुले छान्नुहुन्छ त्।

येसो हेर्दा अब येहा शब्दहरुको घमासान हुने इस्थिती देखियो

केटो: कुरो येसो हो, फोटो हेरेर मन परेकाहरुलाई भेट्न बोलाइन्छ या फोनमा पनि कुराकानी गरिन्छ अनि सबैभन्दा उत्तमलाई नै विजेता घोषित गरिन्छ।

केटि: भनेपछि सबै कुरोकानी हजुरहरुको हाथमा छ, राम्रो नराम्रो विशेषता भन्दा पनि छान्ने या नछाने ।

केटो: त्यसो होइन, हामि सवैजना मिलेर निर्णय गर्दछौ

अनि जजहरु त् हुन्छन होला अरु नि? को को छन् नि जज मा?

केटो: अहिले चै न भनिहालौ, को भन्ने बारेमा निर्णय हुदै छ

केटि: ठटईठटामा, त्यसो भए मपनि फोटो हाल्नुपर्यो, हजुरहरु भए टा येसो जितिहालिन्छ होला नि, होइन र?

केटो: हुन्छ हाल्नुस अनि मलाई खबर गर्नुस, मा विचार गरिहाल्छु नि । मिलाउन पनि सकिन्छ, हाम्रो आफ्नै समूह त हुन्छन छनौट गर्नेमा ।

येसो भलाकुसारी पश्चात प्रस्ट भयो खेल चाहि खतरा रहेछ, युवतीहरुसंग नजिक हुने, मिलेसम्म गफ गर्ने साथि बनाउने आदि इत्यादी, अझै ठाडो भाषामा भ्नौभने डेटिंग को लागि भरपर्दो प्रयास गर्ने । मैले कुनै प्रतिक्रिया जनाइन र कुराकानी सुन्ने र अझै प्रस्ट हुने विचार गर्दै गए तर खड्किएको कुरो कसरि छानिन्छन भन्नेतिर मन दोहोरिरह्यो , र कुरोलाई मनभित्रै खेल्न दिए मज्जाले ।

लगभग ४५ मिनेट जतिको गफ भैसकेको थियो होला र अन्तिम चरणमा आइपुगिसकेको थिय किनभने उनीहरु जाने तरखर गर्न थालेका थिए । उनीहरु गैसकेपछि पनि केहिबेर फोटोजेनिक कन्टेस्टको बारेमा बहस चलिरह्यो र विचमा एउटी अर्कीले कुरोको ढोका खोलि ।

केटि १: दिज्जु, यो मान्छे त मलाई एउटा केटो छ नि जसले एवेंट चलाउछ अनि प्रायजसो केटीहरुलाई फेसबुकमा साथि बन्नलाई आग्रह गर्छ, एक नम्बरको चालवाज लग्यो मलाई त

केटि: पार उस्तै उस्तै हो वैनी, त्यो एवेंट चलौउने केटोले प्राय सवै केटीहरुलाई फेसबुकमा साथि बन्न आग्रह गर्ने रैछ, साथि बनि दियो कि मेसेज गरिहाल्ने रैछ, मेसेज पठाइहाल्छ भन्या । मेसेज पनि कस्तो पाठाउछ भने भेटौ न रे, कफी खान आउ रे, न चिन्नु, न जान्नु छ, कसरि भेटौ भन्न सक्छ होला है, अचम्म छ ।

केटि १: त्यै त भने दिज्जु

to be continue—–

Similar Posts

1 Comment

  1. Tyei ta nee venaju..

Leave a Reply

Your email address will not be published. Required fields are marked *